काठमाडौं- पाकिस्तानी सरकारले अहिले लकडाउन गर्ने योजना नरहेको बताएको छ।
पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले कोरोना भाइरसको महामारी फैलिदै गएपनि अहिले नै लकडाउनको योजना भने नबनाइएको स्पष्ट पारेका हुन्।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिएर पाकिस्तानमा अहिले पाचौं चरणको महामारी सुरु भएको घोषणा गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी एक हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको समाचारहरु प्रकाशित भइरहेको बेला मन्त्री उमरको यस्तो भनाई आएको हो ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा पाकिस्तानमा एक हजार ८४ जना नयाँ संक्रमित थपिएका छन् ।
‘हामीले कोरोना भाइरसबाट दैनिक नयाँ थपिएका संक्रमितहरुको संख्या र अवस्थालाई नजिकबाट नियालीरहेका छौं, तर अहिले नै लकडाउन लगाउने योजना भने बनाएका छैनौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।