काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी जाममा रोकिएको विषयमा जाँच गर्न पञ्जाव सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ।
यस बारेमा मुख्यमन्त्री कार्यालयले भनेको छ, ' प्रधानमन्त्री रोकिएको विषयमा जाँचका लागि सरकारले उच्चस्तरीय समिति बनाएको छ।' समितिमा सेवानिवृत्त न्यायाधीश मेहताब सिंह र गृह मन्त्रालयका प्रमुख सचिव र न्यायाधीश अनुराग वर्मा रहेका छन्। समितिले तीन दिनभित्रमा रिपोर्ट दिनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जाबको सडक मार्गहुँदै फिरोजपुरमा एक र्यालीका लागि जाँदै थिए। सडकमा विरोध प्रदर्शन भएका कारण उनको सबारी २० मिनेटसम्म एक फ्लाइओभरमा रोकिएको थियो र उनी पछि विमानस्थल फर्किएका थिए। गृह मन्त्रालयले यसलाई गम्भीर सुरक्षा कमजोरी बताएको थियो।
पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले भनेका छन्, 'प्रधानमन्त्री फिर्ता जानु परेकोमा मलाई खेद छ। केही मानिस त्यहाँ अचनाक विरोध-प्रदर्शनका लागि पुगेका थिए। यसमा कुनै योजना वा गडबढी भएको भए घटनाबारे जाँच गराइनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।