काठमाडौं– बिहीबार एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रिसी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल)को साधारण सभा हुँदै छ।
एनएमबि बैंकको सभाले १२ दशलमव ५० प्रतिशत बोनस सेयर र ३ दशलमव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गरेको थियो।
त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले छैठौं वार्षिक साधारण सभा बिहीवार कार्की ब्यांक्केट बबरमहलमा बिहान ११ बजे सुरु हुँदै छ। सभाले आव २०७६/७७ को मुनाफाबाट १६ दशमलव ५० प्रतिशत बोनस सेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गरेको थियो।
त्यसैगरी, एचआइडिसीएलले १०औं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने जानकारी दिएको छ। सभाले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।