काठमाडौं– जापानी प्रधानमन्त्री फुमिओ किसिदाले व्यवसायी तथा कम्पनीहरुलाई कर्मचारीको तलब आक्रामक रुपमा बढाउन अनुरोध गरेका छन्।
नयाँ वर्षको अवसरमा व्यवसायिक संगठनहरुले आयोजना गरेको भेलामा उनले यस्तो अनुरोध गरेका हुन्।
किसिदाले यसअघि पनि कोरोना भाइरसको महामारी पूर्वको स्तरमा आम्दानी उक्लिएका कम्पनीलाई ३ प्रतिशतभन्दा धेरै तलब बढाउन अनुरोध गर्दै आएका थिए।
‘तलब वृद्धि भविष्यको लागि लगानी हो, यो भविष्यको आर्थिक वृद्धिको लागि निकै जरुरी पनि छ, तपाईहरुले आक्रामक कदम चाल्नुहोस् र सहयोग गर्नुहोस् भन्ने मेरो चाहना छ,’ किसिदाको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।