काठमाडौं– कोरोनाको तेस्रो लहर ‘ओमिक्रोन’ फैलिनसक्ने खतरालाई नियन्त्रण र रोकथामका लागि सजग एवं सचेत रहन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्देशन दिएका छन्।
प्रदेश सरकारद्वारा बुधबार आयोजित कोभिड–१९ को तेस्रो लहरको वृद्धि, रोकथाम, नियन्त्रण र सम्पूर्ण व्यवस्थापन सम्बन्धमा आयोजित छलफल एवं सुझाव संकलन कार्यक्रममा उनले कोरोना तेस्रो लहरलाई नियन्त्रण गर्न बेलैमा तयारीका लागि सर्तक रही स्वास्थ्य सम्बन्धमा आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिए।
छिमेकी मुलुकसँगै विश्वका अधिकांश मुलुकमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेकाले खुला सीमाको आवश्यक अनुगमन गर्नुका साथै स्वास्थ्य जाँचलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री राईले प्रदेशमा कोरोना खोपलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै जनचेतना गराई स्वास्थ्य सुरक्षा, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता औंल्याए। सम्बन्धित मन्त्रालयलाई कोरोना नियन्त्रणका लागि आवश्यक योजना बनाउन निर्देशन दिँदै उनले यसको रोकथाम नियन्त्रणमा बजेटको कुनै कमी हुन नदिने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।