१. कांग्रेस नेता रामचन्द्र पौडेल संस्थापनइतरको नेतृत्वबाट 'आउट', शेखरलाई 'वरिष्ठ नेता'को रुपमा सम्बोधन, देउवाको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए कांग्रेसमा दुर्घटना हुने कोइरालाको चेतावनी । ( रामचन्द्र पौडेल संस्थापनइतरको नेतृत्वबाट 'आउट')
२. राष्ट्रिय सभामा पाँच सांसद्वारा संघीय प्रणालीको सवलीकरणको लागि संकल्प प्रस्ताव दर्ता, १५ बुँदे निर्देशन माग, अब वर्तमान शासन प्रणालीको विकल्प खोज्नु हतार हुने तर्क । (संकल्प प्रस्ताव दर्ता)
३. सरकारले तोकेकोभन्दा अतिरिक्त शुल्क मागेपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले गरे तालाबन्दी, करिब ८० जना विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक । ( नोवेलमा विद्यार्थीहरुले गरे तालाबन्दी)
४. देशव्यापी विरोध प्रदर्शन भइरहेपछि काजकिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन गर्दै संकटकाल घोषणा, संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने । ( काजकिस्तानमा संकटकाल घोषणा)
५. र, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल लैजान निषेध, लिगमा सहभागी १४ क्लवलाई एन्फाको पत्र । (मोबाइलमा प्रतिबन्ध)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।