काठमाडौं- लिग कपअन्तर्गत आर्सनल र लिभरपुलबीचको सेमिफाइनलको पहिलो लेग स्थगित भएको छ।
कोरोना महामारुीको कारण बिहीबार रातिलाई तय भएको खेल स्थगित भएको इंग्लिस फुटबल लिग (इएफएल)ले जनाएको छ।
आफ्नो सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो। मुख्य प्रशिक्षक योर्गेन क्लोप र सहायक प्रशिक्षक नै कोरोना संक्रमणका कारण आइसोलेसनमा छन्।
त्यही कारण लिभरपुलले बुधबारको प्रशिक्षणसमेत रद्द गरेको थियो। अब पहिलो लेग १३ जनवरीमा एनफिल्डमा तथा दोस्रो लेग २० जनवरीमा इमिरेट्स स्टेडियममा हुने इएफएलले जनाएको छ।
‘क्लबसँग खेल सञ्चालनको विषयमा नियमित संवाद गरिरहेको छौं। योभन्दा अघि बढ्न सक्ने अवस्था नै नरहेपछि खेल स्थागित गर्नुपरेको हो,’ इएफएलले विज्ञप्ति जारी गर्दै भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।