काठमाडौं- यूएईको एक अदालतले लागुऔषध ओसारपसार र बेचबिखनमा संग्लन दुई फिलिपिनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ।
आबुधाबीको फौजदारी अदालतले लागुऔषध र साइकोट्रोपिक पदार्थको ओसारपसार गरेको अभियोगमा दुई फिलिपिनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको हो।
प्रहरीले उनीहरुको घरमा खानतलासी गर्दा शंकास्पद क्रिस्टलीय पदार्थ फेला पारेको थियो। अनुसन्धानपछि उक्त पदार्थ प्रतिबन्धित साइकोट्रोपिक पदार्थ भएको प्रमाणित भएको प्रहरीले जनाएको छ।
ती दुई अभियुक्तले सामाजिक सञ्जालमार्फत लागुऔषध बेच्नको लागि प्रयोग गर्ने गरेको फोन पनि फेला पारेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।