काठमाडौं- अस्ट्रियाली प्रहरीले खोप पास नक्कली बनाएको आशंकामा दुई दर्जनभन्दा बढी स्वस्थ्य संस्थामा छापा मारेको छ। उक्त क्रममा खोप पास बनाउन प्रयोग गरिने उपकरणसमेत जफत गरिएको प्रहरीले जनाएको छ।
‘दुई दर्जनभन्दा बढी स्थानमा छापा मारिएको छ र उपकरणहरू जफत गरिएको छ। खोप पासहरू किर्तेको शंकामा २२ जनालाई अनुसन्धानको दायरामा राखिएको छ,’ गृहमन्त्री गेर्हार्ड कर्नरले भने।
प्रहरीले यस घटनामा ती २२ व्यक्तिले आफ्नो लागि मात्र नभई साथीहरू र चिनजानका लागि कागजातहरू किर्ते गरेको आरोप लगाएका छन्।
‘संगठित व्यापार र नक्कली खोप पासहरूको प्रयोग कुनै मामुली कुरा होइन, यो फौजदारी अपराध हो,’ गृहमन्त्री कर्नरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।