काठमाडौं- उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।
दक्षिण कोरिया सरकारले पुष्टि गर्नुअघि प्रक्षेपणबारे जापानी तटरक्षक निकायले समुद्रमा पहिलो पटक जानकारी दिएको थियो।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाद्वारा यस प्रतिबन्धको पालना गरेको पाइँदैन।
दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले थप विवरणहरूको विश्लेषण गरिरहेका दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफ (जेसीएस) ले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।