काठमाडौं- सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
वैदेशिक रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ।
उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाइएको बैंकको भनाइ छ।
विदेशबाट श्रम गरी नेपालमा पैसा पठाइ उक्त मुद्दती खाता खोल्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्स्टेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।