काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सुरक्षा कमजोरीका कारण १५-२० मिनेट जाममा रोकिएका छन्।
भारतीय गृह मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी बुधबार पञ्जाबको फिरोजपुरमा सुरक्षाकमजोरीका कारण र्यालीमा सहभागी हुन सकेनन्।
भारतीय गृहमन्त्रालयले भनेको छ, 'हुसैनीवालामा राष्ट्रिय शहीद स्मारकबाट करिब ३० किलोमिटर पर जब प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओवरमा पुग्यो त्यतिबेला थाहा भयो कि केही प्रदर्शनकारीले सडक जाम गरेका छन्। प्रधानमन्त्री मोदी फ्लाईओवरमा १५-२० मिनटसम्म अड्किनु पर्यो। प्रधानमन्त्रीको सुरक्षामा यो ठूलो कमजोरी थियो।'
समाचार एजेन्सी पीटीआईका अनुसार, यस सुरक्षा कमजोरीका कारण मोदीको सवारी बठिन्डा एयपोर्ट फर्किएको थियो। गृह मन्त्रालयले यस घटनालाई गम्भीरताका साथ लिएको छ र पञ्जाब सरकारसँग यसबारेको रिपोर्ट माग गरिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, बीजेपी प्रमुख जेपी नड्डाले पञ्जावको कांग्रेस सरकारले चुनावमा हारको डरले मोदीको कार्यक्रममा अवरोध पुर्याउने हरसम्भव प्रयास गरिरहेको छ।
पञ्जाबका मुख्यसचिव र डीजीपीले एसपीजीलाई प्रधानमन्त्री सवारीका क्रममा रोडमा कुनै समस्या नहुने आश्वासन दिएका थिए। तर प्रदर्शनकारीलाई सडकमा आउन दिइयो र ठूलो सुरक्षा कमजोरी भयो।
जेपी नड्डाले पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले यस घटनालाई लिएर फोनमा कुराकानीसमेत नगरेको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। नड्डाले पञ्जाव प्रहरीलाई मोदीको र्यालीमा अवरोध पुर्याउन निर्देशन दिएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।