काठमाडौं- डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ।
डेनमार्कका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन्।
डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा संक्रमितहरु भेटिएका छन्।
पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो। यता डेनमार्कमा भने ओमिक्रोनको संक्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।