काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध गरेको छ।
मंगलबार लिगमा सहभागी १४ क्लबको नाममा एक पत्र लेख्दै एन्फाले आठौं चरणका खेलहरूदेखि मुख्य प्रशिक्षक र व्यवस्थापकबाहेक अरू अफिसियल तथा खेलाडीहरूलाई खेल हुने स्थलमा मोबाइल ल्याउन निषेध गर्ने जानकारी दिएको हो।
‘आठौं चरणको म्याचहरूदेखि सहभागी हुने यहाँको क्लबका हेड कोच (मुख्य प्रशिक्षक) र मेनेजर (व्यवस्थापक)बाहेक अन्य अफिसियल तथा खेलाडीहरूले खेल हुने स्थलमा मोबाइल ल्याउन निषेध गरिएको हुँदा यहाँले साथमा नल्याई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले लेखेको पत्रमा भनिएको छ।
आठौं चरणका खेलहरू यही पुस २३ गतेदेखि सुरु हुँदै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।