काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ।
मंगलबार ६३.०१ अंक बढेर २६७९.९५ विन्दुमा बन्द भएको नेप्से आजकोसो सेसनमा ७.८० अंक बढेर २६८७.७५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.२३ अंक बढेको छ।
बुधबार प्रि ओपनमा १७ कम्पनीको १३ लाख ६६ हजार ९१० रुपैयाँ ८० पैसा बराबरको ३ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये ११ कम्पनीको सेयरमूल्य बढेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।