काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ५३४ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
भारतमा संक्रमितको दर बढेर ४. १८ प्रतिशत पुगेको छ। अहिले भारतमा कुल सक्रिय संक्रमितको संख्या २ लाख १४ हजार भन्दा धेरै रहेको छ।
भारतमा अहिलेसम्म कोरोनाका कारण ४ लाख ८२ हजार ५५१ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १४७.७२ करोड जनाले खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।