काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–६ राममाढीमा मंगलबार राति भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कमलामाई नगरपालिका–६ धनसारे निवासी २७ वर्षीय शिवकुमार खत्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार ज १ च ६३८७ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०२१ प ७६०८ नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाइकल चालक खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो।
शान्तिनगर चोकबाट ढुंग्रेबास जाँदै गरेको उक्त मोटरसाइकल रामाढीमा पार्किङ गरिएको ट्याक्टर पछिसारेर फर्काउन खोज्दा ठोकिएर दुर्घटना भएको हो। ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।