काठमाडौं- उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिलाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तरले समुद्रमा मिसाइल हानेको बताएको बीबीसीले उल्लेख गरेको छ।
जापानका कोस्ट गार्डले सबैभन्दा भन्दा पहिला यस क्षेप्यात्र परीक्षणबारे जानकारी दिएको र संभावित रूपमा एक व्यालेस्टिक मिसाइल हुन सक्ने जनाएको छ। तर यसको अहिलेसम्म पुष्टि भएको छैन।
संयुक्त राष्ट्र संघले उत्तर कोरियामा कुनै पनि ब्यालेस्टिक या परमाणु हतियारको परीक्षणमा प्रतिबन्ध लगाएको छ। यदी यो लञ्च गरेको पुष्टि भएको खण्डमा उत्तरले सालको पहिलो मिसाइल परीक्षण गरेको हुनेछ।
यो समाचार यस्तो बेलामा आएको छ जतिबेला केही दिन पहिला मात्र शासक किम जोन उनले उत्तर कोरिया, कोरियाली प्रायद्वीपमा तिव्र गतिमा बढिरहेको अस्थिर सैन्य वातावरणका कारण आफ्नो रक्षा क्षमतालाई मजबुत बनाउने कामलाई जारी राख्नेछ।
जेसीएसले भनेको छ ‘दक्षिण कोरियाली र अमेरिकी गुप्तचर विभाग, विस्तृत जानकारीका लागि यसको सुक्ष्म विश्लेषण गरिरहेको छ।’
२०२१बाट नै उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रम विस्तार जारी रहेको छर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।