काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा माघ १४ गते हुने भएको छ। नौबिसे एग्रो रिसोर्ट धादिङमा हुने सातौं वार्षिक साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांशसम्बन्धी प्रस्ताव पारित हुनेछ।
सभाले चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँको २० प्रतिशतका दरले बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्तावहरु पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।