काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ। पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको महाशाखाको भनाइ छ। अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसँगै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसँगै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
देशका केही भूभागमा वर्ष तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।