१. माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सकियो, अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त र नेकपा एमालेको छुट्टै उम्मेदवारी दर्ता । (राष्ट्रिय सभाका लागि मनोनयन)
२. उखु किसानहरुको बक्यौता रकम भुक्तानीका लागि सांसदहरुले नै आमरण अनसनमा बस्नुपर्ने प्रस्ताव, १ अर्ब ७० करोड भुक्तानी हुनुपर्नेमा करिब ८ करोडमा झारेको सरकारको दाबी । (उखु किसानका पक्षमा सांसद)
३. नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट विभिन्न ४५ बुँदे प्रस्ताव पारित, यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने ठहर, राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न माग । (एमसीसीबारे माओवादी)
४. ‘हत्याको प्रयासबाट जोगिए’हैटीका प्रधानमन्त्री एरिअल आङ्ग्री, देशको स्वतन्त्रता दिवस समारोहका क्रममा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा बन्दुकधारीद्वारा गोली प्रहार। (हैटीका प्रधानमन्त्रीको हत्या प्रयास)
५. र, क्यानले छानेका ३० मध्ये यसअघि कारबाहीमा परेका ४ खेलाडीसहित सबैजसो अभ्यास मैदानमा, सधैंका लागि क्रिकेट टोलीको कप्तान बन्न नआएको ज्ञानेन्द्र मल्लको प्रतिक्रिया । (ज्ञानेन्द्र मल्लको प्रतिक्रिया)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।