सांकेतिक तस्बिर
बर्दिया- बर्दियाको राजापुर नगरपालिका-१० ढुण्डिपुर गाउँमा जंगली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।
नेपाल-भारत सिमाना नजिक राजापुर-१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा आज जंगली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए।
रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्धानलगायत पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीको बताए।
दुई दिनअघि राजापुर-९ की ५४ वर्षीया भुसिया थारुको बाख्रा चराउन गएका बेला सोही क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।