काठमाडौं- लक्ष्मी बैंकले १०औं एक्स्टेन्सन काउण्टर नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ।
यससँगै बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ।
साथै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।
'यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोवाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।