काठमाडौं- सानिमा बैंक लिमिटेडले मंगलबार धादिङको मलेखुमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्राण्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरे।
उद्घाटन समारोहमा मह जोडीले मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सवल र विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी सानिमा बैंकका सञ्चालक पराजुलीले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आभार व्यक्त गरे।
सानिमा बैंकको देशका सातवटै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।