काठमाडौं- सनराइज बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ बचत खाता 'सनराइज सम्पूर्ण बचत खाता' सञ्चालनमा ल्याएको छ। यस खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिनसक्ने बैंकले जानकारी दिएको छ।
उक्त खातामा बैंकले पाँच वर्षका लागि नि:शुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ। साथै, एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत प्राप्त गर्नसक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस बचत खातामा ग्राहकले ८० रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बिमाका साथै पाँच लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउने छन्।
बैंकका अनुसार अस्पताल भर्ना बिमा वर्षमा तीन पटकसम्म दाबी गर्न सकिनेछ। यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदासमेत दाबी गर्न सकिनेछ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।