काठमाडौं- सिद्धार्थ बैंकले मंगलबार काठमाडौंको फसिकेबमार्गस्थित मारवाडी सेवा समिति नेपाललाई डायलाइसिस मेसिन खरिद गर्नका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले मारवाडी सेवा समितिका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन्।
बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसिस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्ने जानकारी दिएको छ। मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको सहयोगमा गौशालास्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।