काठमाडौं- अस्ट्रेलियामा तीव्ररुपमा फैलिरहेको कोरोना संक्रमणका बीच मानिसहरुले कोरोना टेस्टको कमी र बढ्दो मूल्यलाई लिएर असन्तुष्टि व्यक्त गरिरहेका छन्।
बिगत वर्षमा देशमा ९० प्रतिशत खोप भएका कारण धेरैजसो प्रतिबन्ध फिर्ता लिइएको थियो। तर ओमिक्रोन भेरियन्टका कारण देशमा संक्रमणको दर निकै बढेको आएको छ र एक दिनमा २५ सय नयाँ संक्रमित आइरहेका छन्।
यस कारण अस्पताल र टेस्टिंग ल्याबमा निकै दबाव बढेको छ। पीसीआर टेस्ट सधैं अस्ट्रेलियामा व्यापक रूपमा उपलब्ध रहेको भए पनि गत हप्ता सरकारले कसले यो टेस्ट सित्तैमा पाउँछन् भन्ने जनाएको बीबीसीले उल्लेख गरेको छ।
यस कारण क्रिसमस आसपास टेस्टिङ्ग क्लिनिकको बाहिर लामो लाइन लागेको थियो र टेस्टको नतिजा आउन समय लागेको थियो।
प्रधानमन्त्री स्कट मरिसनले नियमको उदेश्य सिस्टममाथि दबाब कम गर्नु रहेको बताएका थिए।
तर यसले निजी टेस्ट क्लिनिकमा निर्भरता बढेको छ जहाँ मानिसलाई पैसा तिरेर टेस्ट गर्न परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।