काठमाडौं– सुख्खा पहिरोका कारण रसुवाको पासाङ ल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेसी–टिमुरे सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मंगलबार बिहान गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङ पुल नजिक माथिबाट खसेको ढुङ्गा सहितको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो।
सुख्खा पहिरोले सडक पूर्ण रुपमा बन्द भएको र खुलाउनका लागि सो क्षेत्रमा रहेको जलविद्युत आयोजना तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।
पहिरो हटाएर सडक खुलाउनका लागि अहिले रसुवा भोटेकोशी हाइड्रोपावरको एउटा स्काभेटर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।