काठमाडौं- काठमाडौंमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा ५ ख १५३८ नं को बसले बागमती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।