काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।
जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका हेमराज राई र प्रदेश २ को खुलातर्फ सिरहाका मो. खालिद सिद्दीकी उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि सोमबार भएको गठबन्धनको बैठकमा जसपाले एमालेबाट यसअघि विजयी प्रदेश सभा सदस्य तर्फको २ सिटमा उम्मेदवारी दिने सहमति भएको थियो।
राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ मा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।