काठमाडौं– नेपाली बजारमा मंगलबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। सोमबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तेजाबी सुन सोमबार प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा तोला १५ रुपैयाँले १२ सय ५० मा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।