काठमाडौं– केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ।सोमबार राति सम्पन्न खेलमा पीएसजीले वेन्समाथि ४–० को फराकिलो जित निकालेको हो।
खेलको २८ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्यो।
खेलको ५९ औं मिनेटमा किम्पेम्बेको सहयोगमा गोल गर्दै एम्बाप्पेले टिमको अग्रता दोब्बर पारे। त्यसपछि ७१ औं मिनेटमा जाभी सिमोन्सको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा त्यसपछि खेलको ७६ औं मिनेटमा जुनियर दिना एबिम्बेको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
यो सँगै एम्बाप्पेले पीएसजीका लागि १ सय ९६ खेलमा १ सय ५० गोल गरेका छन्। खेलअघि लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि पिएसजी उनीहरूबिनै मैदानमा उत्रिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।