फाइल तस्बिर।
काठमाडौं– आगामी महिना मरिसससँगै हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको छ।
आगामी माघको १५ र १८ गते नेपाल र मरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदै छ। जसका लागि सोमबार ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको छ।
प्रशिक्षण सुरु हुँदा सहिद स्मारक ए डिभिजिन लिगको नवौं चरण सञ्चालन भइरहेको हुन्छ। राष्ट्रिय टोलीमा बोलाइने खेलाडीको लिगमा आफ्नो क्लबको खेल सकिएपछि प्रशिक्षणमा सहभागी हुने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए।
राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि केहि दिन अघि नेपाल आइसकेका छन्।
फिफा डेटमा हुने मैत्रीपूर्ण खेल फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन्। यसपटक माघ १० देखि १८ गते सम्म फिफा डेट रहेको छ।
३४ सदस्यीय प्रारम्भिक टोली :
गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा
डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई
फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।