काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ।आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले हराएको हो।
बार्सिलोनाको जितमा लुक डी योङले निर्णायक गोल गरे।योङले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै बार्सिलोनाले १९ खेलमा ३१ अंक जोडेको छ।बार्सिलोना लिगको पाँचौं स्थानमा उक्लिएको छ। पराजित मालोर्का २० अंक जोडेर १५ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।