काठमाडौं- अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर लिओनल मेसीसहित ४ खेलाडीलाई काेराेना संक्रमण पुष्टि भएकाे छ।
पीएसजीले आइतबार एक विज्ञप्ति जारी गर्दै मेसीसहित आफ्ना ४ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
क्लबका अनुसार मेसीबाहेक जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना संक्रमण पुष्टि भएको छ।
क्लबका सबै खेलाडीको काेराेना परीक्षण गराएकोमा ४ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ। संक्रमित सबै सेल्फ आइसोलेसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।