काठमाडौं- सरकारले मानवअधिकारको संरक्षण र सम्वर्द्धनमा योगदान गर्ने संस्था र व्यक्तिलाई पुरस्कृत गरेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पहिलोपटक पुरस्कार प्रदान गरेको हो।
यस वर्षको पुरस्कार संस्थातर्फ मानव बेचबिखनका विरुद्ध कार्यरत संस्था शक्ति समूहलाई प्रदान गरिएको छ। व्यक्तिगततर्फ शुद्धोधन गाउँपालिका-६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलाई प्रदान गरिएको छ।
दुवै पुरस्कारको राशी एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ।
आज एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेका हुन्। सरकारले मानवअधिकारको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कार प्रदान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।