काठमाडौं- पाल्पाको रिब्दिकोट गाउँपालिका-३ लघुवामा आज भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको पहिचान खुलेको छ।
मलामी बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए।
घाइते हुनेमा बुटवल-१७ का ३८ वर्षीय विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल-१७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना-६ का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी-२ का ३७ वर्षीय रमेश टोमटा रहेका छन्।
यस्तै अर्घाखाँची डाँडाकटेरी-१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना-६ रूपन्देहीका २९ वर्षीय मीरा रामधान, बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुल्सी विक पनि घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।