काठमाडौं- भारतीय राज्य उत्तराखण्डका गभर्नर गुरमित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुञ्जीको शनिबार भ्रमण गरेका छन्।
उनले ती क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग अन्तर्क्रियासमेत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा तयारी गरिरहेको अवस्थामा गभर्नर सिंह उक्त क्षेत्रमा पुगेका हुन्।
भारतले उक्त क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो। पछि नेपालले पनि ती भूमिलाई समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। दुई देशबीचको यो विवाद आजसम्म टुंगिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।