काठमाडौं– आइतबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ तथा चाँदी तोलामा १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, शुक्रबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७० रुपैयाँमा प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८२९ डलर आसपास कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।