काठमाडौं– कञ्चनपुरको पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले शनिबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।
से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका दुवै जनाको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको उनले बताए।
दुवैले भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।