कञ्चनपुर- पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन्।
शनिबार से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका दुवै जनाको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको उनले बताए।
दुवैले लागुऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन्। पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको कार्य गरी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।