काठमाडौं- बिग बास लिग (बीबीएल)मा होबार्ट हरिकेन्स पराजित भएको छ। शनिबार भएको खेलमा होबार्ट ब्रिसबेन हिटसँग १४ रनले पराजित भएको हो।
ब्रिसबेनले दिएको १५१ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो।
होबार्टका लागि टम रोजर्सले अविजित ३३ रन बनाए। यता, आर्ची शर्टले २७, ह्यारी ब्रुकले २२ र नाथन एलिसले १८ रन बनाए।
ब्रिसबेनका जाभियर बार्टलेटले ४ तथा मुजिब उर् रहमानले ३ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनाएको थियो।
ब्रिसबेनका लागि जेम्स बाज्लेले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए।
यस्तै, ज्याक विल्डरमुथले २८, साम हेअलेटले २४ र क्रिस लिनले १३ रन बनाए।
होबार्टका नाथन एलिसले ३ तथा टम रोजर्सले २ विकेट लिए।
सन्दीपले ४ ओभरमा ३७ रन खर्चिएर १ विकेट लिए। जारी प्रतियोगितामा सन्दीपको यो छैटौं विकेट हो।
जितसँगै ब्रिसबेन १४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। यता, यस हारसँगै ८ खेलमा १७ अंक जोडेको होबार्ट तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।