काठमाडौं- जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत् आज तीन खेलहरु हुँदैछन्।
लिगको सातौं चरण अन्तर्गत शनिबार दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र जवालाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
दिउँसो २ बजे मनाङ मर्स्याङदी क्लबले घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ।
थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ। जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ।
मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ। एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ।
अपरान्ह पौने ५ बजे दशरथ रंगशालामा हुने अन्तिम खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुनेछ। संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ भने च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।