• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बन्द कोठामा हिटर बालेर सुत्दा किन हुन्छ मृत्यु, कसरी जोगिने?

कमला गुरुङ शनिबार, पुस १७, २०७८  १०:३५
1140x725

काठमाडौं- घटना १– बिहीबार भेरी अस्पताल बाँकेको स्टोर कोठामा चार जना व्यक्ति मृत अवस्थामा भेटिए। अस्पतालको स्टोर कोठामा सुतेका सातमध्ये चार जनाको मृत्यु भएको थियो। कोठाको सबै झ्याल ढोका बन्द थिए। जाडो छल्नका लागि बन्द कोठामा कोइला बालिएको थियो। उनीहरुको मृत्यु निस्सासिएर भएको हुन सक्ने प्रहरीको अनुमान छ। 

घटना २– गत वर्षको मंसिरमा बन्द कोठामा हिटर र कोइला बाल्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ८ मा एक महिनाकी छोरीसँगै आमाको मृत्यु भयो। झ्याल र ढोका पुरै बन्द थिए। कोठामा भेन्टिलेसन पनि थिएन। कोठा न्यानो पार्नका लागि हिटर र आगो दुवै बाल्दा उनीहरुले ज्यान गुमाउनुपर्याे। 

घटना ३– यो भन्दा अघि २०७६ सालको माघ पनि यस्तै घटना भएको थियो। मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिकको मृत्यु भएको थियो। उनीहरु सुतेको कोठामा रातभरी हिटर बालिएको थियो। बन्द कोठामा हिटर बालेर सुतेका कारण उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।

चिसो मौसममा हिटर बाल्ने तथा आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर/जलेर हुने मृत्युका घटना वर्षेनी घट्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ त्यति नै जोखिम पनि हुन्छ।

धेरैजसोले झ्याल ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ। जुन स्वास्थ्यका निम्ति घातक भइदिन्छ। सावधानी नअपनाउने हो भने विभिन्न स्वास्थ्य समस्यादेखि ठुलै दुर्घटना पनि निम्तन सक्छ, जसको उदाहरण माथिका घटनाहरु हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, मानवीय स्वास्थ्यलाई हानी पु¥याउने छातिरोग विशेषज्ञ डा राजु पंगेनी बताउँछन्। 

उनले भने, ‘ग्याँस हिटरबाट कार्बन मोनोअक्साइड र नाइट्रोजन डाइअक्साइड ग्याँस निस्कन्छ। बन्द कोठामा लामो समयसम्म हिटर बाल्दा अक्सिजनको कमी हुन्छ। कार्बन मोनोअक्साइडले शरीरमा अक्सिजन छेकी दिन्छ र यो टाँसिन्छ। अक्सिजन हुनुपर्ने शरीरमा कार्बन मोनोअक्साइड हुँदा असर त गर्छ नै अक्सिनजको साटो शरीरमा कार्बन मोनोअक्साइड टाँसिदा रक्तसञ्चार प्रणालीमा असर गर्ने उनले बताए। रोकथाम गर्न सकिने भएपनि मानिसको लापरबाहीले गर्दा यस किसिमको घटना वर्षेनी घट्ने गरेको उनले बताए। 

बन्द कोठामा हिटर बाल्दा राति सुत्दा सुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ। शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झम्म हुने, बेहोस हुने र मृत्यु समेत हुन सक्ने उनले बताए। विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्ने उनले बताए। 

Xtrem
Xtrem

यो सँगै बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातावरणमा भएको आद्रता घटाउने, श्वास नलीको भित्रि भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ।  म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरु सिधै फोक्सोमा छिर्न सक्छ। लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या पनि आउन सक्ने उनी बताउँछन्। उनका अनुसार म्युकस लियर सुन्नियो भने दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ। 

हिटरको तापक्रमले निम्ताउने अर्को समस्या हो, खकारलाई सुख्खा बनाउने। डा पंगेनीका अनुसार सुख्खा खकार भए शरीर भित्रै खकार टाँसिने र निमोनिया हुने खतरा हुन्छ। खकार शरीरमा टाँसिर अक्सिजन नली समेत बन्द हुन सक्ने खतरा बढ्ने उनी बताउँछन्।  स्वास्थ्य समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्न उनको सुझाव छ।

बन्द कोठामा धेरै जना बसेर रातभरी हिटरको प्रयोग नगर्न तथा हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्ने उनले बताए। राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ। उनका अनुसार सकेसम्म छोटो समयसम्म हिटरको प्रयोग गर्ने, रातभरी हिटर बालेर छाड्ने, हिटर नजिकै बस्नु हुँदैन। 

उनले भने, ‘सकेसम्म यस किसिमको हिटर प्रयोग नै गर्नु हुँदैन। प्रयोग गरेपनि बन्द कोठामा बाल्ने, रातभरी प्रयोग गर्नु हुँदैन। झ्याल, ढोका खुला गरेर मात्र प्रयोग गर्नुपर्छ। यसबाट हुने घटना रोकथाम गर्न सकिने भएपनि मानिसको लापरबाहीले गर्दा नै अप्रिय घटना हुने गर्छन्।’
लक्षण
– टाउको दुख्ने
– वाकवाकी लाग्ने तथा बान्ता हुने
– मुटुको धड्कन बढ्ने
–अक्सिजन कमी हुँदा श्वास फेर्न गाह्रो हुने
– चक्कर लाग्ने तथा बेहोस हुने। 
 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्