काठमाडौं– भारतले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। शुक्रबार भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो।
वर्षाका कारण ३८ ओभरमा झारेको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर एक सय ६ रनको योगफल तयार गरेको थियो। त्यसपछि डीएलएस मेथडअनुसार भारतले ९९ रनको लक्ष्य पाएको थियो। तर, खेलको लक्ष्यमा पुन : बदली भएपछि भारतले १ सय २ रनको नयाँ लक्ष्य पाएको थियो।
श्रीलंकाले दिएको उक्त लक्ष्य भारतले २१.३ बलमा १ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा ओपनर अङ्कृष्ण रघुवंशी ६७ बलमा ७ चौकासहित ५६ रनमा अविजित रहे। शेख राशिद ३१ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। श्रीलंकाका लागि यासिरु रोड्रिगोले अविजित रहँदै सर्वाधिक १९ रन बनाए।
यस्तै, रवीन डी सिल्भाले १५, सदिशा राजपाक्षे र माथिस पाथिरानाले १४/१४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
भारतका भिक्की ओस्टवालले ३ तथा कौशल टाम्बेले २ विकेट लिए। यू–१९ एसिया कपको आठ संस्करणमा भारतले आठौं पटक उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।