काठमाडौं- एनएमबि बैंक र काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य होटलबीच सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकले एनएमबि बैंकका ग्राहक तथा कर्मचारीलाई खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने जानकारी दिइएको छ। सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसियट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ वविता पाण्डेले हस्ताक्षर गरेका छन्।
अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटका लागि सहकार्य गरेको जनाएको छ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।