• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

मलाई मृत्युशय्याबाट उठायो र आफू एक्लै दगुर्‍यो

64x64
रेशम विरही शनिबार, पुस १७, २०७८  १०:०१
1140x725

कतिपय स्मृति अत्यन्त पेचिलोसँग मन घोच्ने हुँदारहेछन्। ठीक एक वर्षअघिको त्यस्तै स्मृतिले आज मन घोचेको छ।

म एकप्रकारले मृत्युशैयामा सुतेको थिएँ। ऊ मलाई उठाउन लट्ठी टेकेर निकै दौडियो। हरेक दिन फोन गरेर आत्मबलमा उर्जा थपिरह्यो। अठहत्तर बर्षे उमेरमा मेरा लागि अनेक ठाउँमा याचना गर्दै आफ्नो कष्ट बिर्सिएर दौडिरह्यो। कालान्तरमा मलाई उठाएरै छोड्यो, तर आफू चाहिँ अचानक गायब भयो।

यो कस्तो बिडम्बना! म अहिले उसलाई सम्झिएर औपचारिकता पूरा गरिरहेछु। ऊ कुन लोकमा छ मलाई थाहा छैन। म भने आँखा चिम्लिएर उसले गर्ने नयाँ सडक, स्वयम्भु र सिंहदरबार परिभ्रमणको दृश्य मनभरि खेलाइरहेको छु। उसको सम्बोधन शैली, धुम्रपान र चिया पिउने शोख आदिका दृश्यहरू आँखामा घुमिरहे झैँ लाग्छ।

ठ्याक्कै तीस वर्ष पूरा भएछ, उसको र मेरो हिमचिम भएको पनि। मलाई ती दिनहरूको झझल्को आइरहेछ। लगनखेलको एउटा सानो कार्यालय, थसिखेलको मेरो डेरा, अनुबुक्स र सानातिना भट्टी पसलहरु, यी सब दृश्यपटमा घुमेका छन्। त्यस बेलाका सहकर्मीहरूको अनुहार पनि आँखाअगाडि घुमिरहेको छ। त्यति बेलाका सहकर्मीमध्ये एकजना धर्मराज अर्यालले तीन वर्ष अघि नै महाप्रस्थान गरे। उनले भने एक वर्षअघि ठ्याक्कै आजकै दिन धर्ती छाडे। म अर्धकाया बोकेर यो माटोमा गुज्रिरहेछु र ती स्मृतिलाइ लिपिबद्ध गर्ने कोशिशमा छु।

त्यति बेला राजधानीमा ठूलो आकारका दैनिक पत्रिकाहरु थिएनन्। म ‘कामना’ नामको फिल्मी पत्रिकाको सहसम्पादक थिएँ। पुष्करलाल श्रेष्ठ र कपिल काफ्ले नै त्यहाँका हर्ताकर्ता थिए। त्यति बेला मेरा चितवनका एकजना सहपाठी मित्र लगनखेलमा अध्यापन गर्थे। एक दिन उनले मलाई लगनखेलबाट दैनिक पत्रिका प्रकाशन गर्ने र मलाइ प्रधान सम्पादक बनाउने प्रस्ताव लिएर आए।

मैले केही समयको सोचविचारपछि त्यो प्रस्तावमा सहमति जनाएर कामना प्रकाशन गृहबाट राजीनामा गरेँ। त्यसपछि ‘अभिनन्दन दैनिक’ नामको पत्रिका दर्ता भयो र प्रकाशन आरम्भ भयो। मेरो सोह्रखुट्टेको डेरा थसिखेल पुग्यो।

साधारण पुरानो प्रविधिको लेटर प्रेसबाट पत्रिका प्रकाशनको दुःखको स्मृति नै कहाली लाग्दो त छ नै त्योभन्दा ज्यादा हातमुख जोड्न नपुग्ने पारिश्रमिकको पीडा सम्झदा ती यात्राहरु सब निरर्थक झैँ लाग्छन्। पत्रकारिताको यस्तो दुरुहकालमा ऊ मेरोअगाडि अचानक झुल्किएको थियो। म आफ्नो कार्यकक्षमा ध्यानपूर्वक केही लेख्दै थिएँ।

‘नमस्कार।’

Ncell 2
Ncell 2
nimb
nimb

तिखो आवाज सुनेर मैले टाउको ठाडो पारेँ।

‘हजुर नमस्कार, बस्नुस के थियो होला?’ मैले सामान्य रूपमा भनेँ।

‘म रेशम विरहीजीसँग भेट्न भनेर, तपाईं यहाँको स्टाफ होइन?’

‘हो, म स्टाफ पनि हो र तपाइले खोज्या रेशम विरही पनि हो। अनि तपाइको परिचय?’

Xtrem

Xtrem

‘ए, म झुक्किएँछु। एकपटक देख्या त हो। म चक्रपाणि नेपाल,’ उनले फेरी नमस्कार गर्दै भने।

यसपछि उनले कुनै भूमिका र पृष्ठभूमि नबाँधी अभिनन्दन दैनिकमा रिपोर्टिङ गर्ने प्रस्ताव राखे। पत्रिका प्रकाशन आरम्भ भएको लगभग पन्ध्र बीस दिन मात्र भएको थियो। राससका धर्मराजले समाचार शाखा धानेका थिए। मैले विचार पृष्ठ र आलेखहरुको संयोजन गर्थेँ। हामीलाई औपचारिक कार्यक्रम, अन्तर्वार्ता र प्रेस मिटका लागि एउटा परिपक्क्व र भरपर्दो पत्रकार चाहिएको थियो। म उनीप्रति सकारात्मक हुदै थिएँ, अचानक प्वाक्क भने, ‘मलाइ मासिक पारिश्रमिक तोक्न पर्दैन, म प्रष्ट भन्छु विज्ञापन ल्याएर छाप्छु र आफैँ उठाएर खान्छु।’

उनको कुरा सुनेर म रनभुल्लमा परँ। यो प्रस्ताव म एक्लैले स्वीकार गर्न सक्ने कुरा थिएन। त्यसैले संचालकहरूसँग परामर्श गरेर जवाफ दिने सहमति भयो। उनी एक कप चिया पिएर भोलीपल्ट आउने गरी बिदा भए।

भोलिपल्ट उनी उही रवाफ र फरासिलो शैलीमा आए। पाँच सयसम्मको विज्ञापनको रकम उनैले खान पाउने र त्यस भन्दामाथि  एक हजारसम्मकोमा पच्चीस प्रतिशत, त्यसभन्दा ज्यादामा पचास प्रतिशत विज्ञापनको रकम प्रकाशनलाइ बुझाउने शर्तमा उनी पत्रिकामा आवद्ध भए। त्यसपछि उनको र मेरो सम्बन्धमा प्रगाढता बढ्दै गयो। 

दैनिक औपचारिक समाचार, फिचर र यदाकदा अन्तरवार्ताहरू ल्याएर पत्रिकामा राम्रै योगदान पुर्‍याइरहे। पारिश्रमिक नपाए पनि विज्ञापनको भरमा आफ्नो गुजारा चलाए नै होला। त्यसपछि पत्रिकाले राम्रै गति लिएको थियो। पत्रकार साथीहरूको संख्या पनि थपिँदै गयो। वामपन्थी ‘बिट’मा सोमत घिमिरे थपिए। मनोरंजन र सामाजिक फिचरमा नेत्रनाथ रेग्मीको संलग्नता भयो।

मैले बिस्तारै बुझ्दै गएँ, चक्रपाणि नेपालको समाचार संकलन शैली र विज्ञापन उठाउने कला अचम्मको रहेछ। पत्रिका प्रकाशन अवधिभर न समाचारको खाँचो भयो, न विज्ञापन कै अभाव। उनी आफू पनि धानिए र पत्रिकालाई पनि आर्थिक गर्जो टारिरहे।

तर दुखद कुरो, पत्रिका संचालकहरू नै उत्साहित हुन छाडे। तैपनि चक्रपाणिलगायत हामी सबैको लगानीमा पत्रिकालाई अवरुद्ध हुन नदिने जमर्को हुँदैथियो, एकाएक ठूलो आकारमा कान्तिपुर दैनिकको प्रकाशन आरम्भ भयो। जसले गर्दा हाम्रो पत्रिकाको बजार बेस्सरी घट्न थाल्यो।

हाम्रो पत्रिका ललितपुर र काठमाडौंमा दुई रुपैयाँमा प्रतिदिन करिब हजारको संख्यामा बिक्थ्यो। तर, उति नै मूल्यमा आठ दश पृष्ठको ठूलो साइजको पत्रिका पाएपछि पाठकहरु कान्तिपुरतिरै आकर्षित हुनु स्वाभाविक थियो। यसले गर्दा हामी दोहोरो चपेटामा पर्‍यौँ। लगानीकर्ताहरूले हात झिकेको अवस्थामा कान्तिपुरको प्रकाशनले पनि हामीलाई हतोत्साही बनायो। यी यावत् कारणले अभिनन्दन दैनिक बन्द हुन पुग्यो। यसपछि उनको र मेरो दैनिक सम्पर्क टुट्यो।

उनी यसै पनि यायावर शैलीका त थिए नै, अभिनन्दनको प्रकाशन बन्द भएपछि झन् यायावर भए। उनले यायावारीबाट पनि निकै ज्ञान र अनुभवहरु हासिल नगरेका होइनन्। केही समयको घुमफिरपछि उनी कमल जोशीको ‘नेपालीपत्र’ साप्ताहिकमा आबद्ध भएछन्। त्यसैमा काम गर्दागर्दै जीवनको भारी बिसाए।

आज म उनलाई मसँगको सान्निध्यले मात्र सम्झिरहेको छैन, उनको इमान्दारी, वैचारिक स्पष्टता र संघर्षको अथक पर्यायका रूपमा पनि सम्झिन चाहन्छु। पंचायतकालमा नेकपा (माले)को संगठन विस्तारको क्रममा पूर्व भोजपुरदेखि धादिङसम्म सम्पर्क स्थापित गरेका चक्रपाणिले दलीय स्वतन्त्रता पछि गुजारामुखी पत्रकारिताबाट मात्र जीवनको रथ चलाईरहे।

यसैबीच राजधानीमा केही समय उनको र मेरो बसाइको दूरी निकै नजिक भयो। यसले उनको र मेरो सान्निध्यताको पुनः नवीकरण भयो। यसैबीच उनले २०७४ मा मलाई आफ्ना लेखहरुको संकलनको पाण्डुलिपि थमाए। नेपालीपत्रलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित फिचर र विचारहरुको संकलनको पाण्डुलिपि हेर्दा म अत्यन्त रोमान्चित भएको थिएँ।

राजनीति, समाज र संस्कृति, इतिहास, देश/विदेशको यात्रा र नेपालको अर्थप्रशासनलगायतका विषयमा उनको लामो अनुभवको संस्मरण मैले आद्योपान्त पढेँ। अन्तमा नेपालीपत्रको सामान्य सहयोग र उनका पुत्रहरुको लगानीमा ‘नागबेली’ शीर्षकमा प्रकाशित पनि भयो, जसको विमोचनमा पनि मैले आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएँ। नेपालका प्रतिष्ठित साहित्यकारहरु नारायण ढकाल, विमल निभा, श्यामल, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी र सीताराम उप्रेतीलगायतको उपस्थितिमा भएको विमोचन कार्यक्रम पनि उनको लेखकीय व्यक्तित्व झल्काउने एउटा विशिष्ट कार्यक्रम थियो। नेपाल पत्रकार महासंघद्वारा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ र प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट सम्मानित चक्रपाणि नेपालले देहत्याग गरेको आज ठीक एक वर्ष भयो।

म यति बेला उसका कैयन् सद्गुणसहित आफ्नो अस्वस्थताका बाबजुद मेरो जीवन रक्षाका लागि गरेका प्रयत्न सम्झिएर नतमस्तक हुँदै श्रद्धासुमन अर्पण गर्दछु। उसले मृत्युशय्यामा सुतेको माछेलाई शय्याबाट उठायो, आफू त्यही शय्यामा चीर निद्रामा निदायो।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रेशम विरही
लेखकबाट थप
माघ महात्म्य
मलाई मृत्युशय्याबाट उठायो र आफू एक्लै दगुर्‍यो
हल्दार्नी आमाका प्रश्नसँग म हारेँ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्