• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

हल्दार्नी आमाका प्रश्नसँग म हारेँ

64x64
रेशम विरही शनिबार, पुस ३, २०७८  ०७:००
1140x725

कहिलेकाहीँ शून्यभावमा हिँड्दा पनि विचारको प्रभावले हान्दोरहेछ र मस्तिष्कमा एकप्रकारको तरङ्गले झंकृत पार्ने रहेछ। यस्तो अवस्थामा मानिसहरुको चेहराको उदासी र त्रासदी पढ्ने रहर पनि उदेकलाग्दो थियो मेरो।

माओवादी जनयुद्धको चर्को तापमान घटेर शून्यडिग्रीमा पुगेको भए पनि अस्थिर रास्ट्रिय राजनीति अझै अन्योल अवस्थामा भएकोले समाजमा भय, व्यक्तिव्यक्तिको मनमा आतंक र राजनीतिक वृत्तमा संसय व्याप्त थियो। माओवादी युद्धको समाप्ति र क्षतिको शोधभर्ना खोज्न नेत्रविक्रम चन्द ‘विप्लव’ फेरि निस्किएका थिए। मौसम र पर्यावरणले झन्झन् उखरमाउलो गर्मी छादिरहेको अवस्थामा मेरो दिनचर्या भने  झन् टिठलाग्दो थियो। रोग र उमेरले गाँज्दै लगेको भए पनि जीवनको भीरमा म अझै कहालीलाग्दो उकालो चढ्ने कोशिशमा थिएँ।

मनमा भावनाहरूको बाढी चल्छ, शरीर क्लान्त र थकित छ। एउटा विचारको साङ्लोमा बाँधिएर हिँड्नुको नियति जति कष्टप्रद भए पनि आचारको लक्ष्मणरेखा ननाघ्ने स्वभावजन्य ढंगले पैतालाहरु आफैँ हिँडिरहेका थिए। नेपालगन्जको आप्रवास छोडेर चितवनको पूर्वावासमा फर्केको पनि पाँच वर्ष नाघिसकेको थियो।

गाउँ, मानिस र चेहराको रङ पढेर कविता कोर्ने एकप्रकारको पागलपन मनमा सवार हुन्थ्यो। यसरी मैले केही कविता लेखिसकेको छु। बर्दियाकी एक दिवंगत प्लाटुन कमान्डरकी आमालाई भेटेपछि ‘प्लाटुन कमान्डर रितबहादुर’ लेखेर नेपालगन्जको एक गोष्ठीमा डराईडराई सुनाएँ। साथीहरुले राम्रै मानिदिएका थिए। यो मनपराइ र प्रशंसा मेरा लागि अति थियो। 

म सबभन्दा ज्यादा आत्मश्लाघादेखि भयभित हुन्छु र आफ्नो कलमको बेगलाई नियन्त्रित गर्ने प्रयत्न गर्छु। तर, यदाकदा आफ्नै नजरको दृश्यचित्रण गर्दा यस्ता झ्याउला श्लाघात्मक शब्दले कोपर्दो रहेछ। कतिपय कवितामा क्लिष्ट शब्दावली परेको गुनासोले साधारीकरणको प्रयत्नमा लाग्न खोज्छु। तर, यो मामिलामा पनि बेलाबखत चिप्लँदो रहेछु। जीवन नै चिप्लँदै चिप्लँदै वर्तमान वयमा आइपुग्दा पनि चिप्लनु नितान्त निजी नियति भैसक्यो। यसमा अब पश्चाताप वा गुनासोको कुनै गुन्जायस छैन।

यस्तै रुन्चे चिन्तन र सोचको तरंगमा हिँड्दा हिँड्दै २०७१ चैतमासमा म युवावयमा रसिकारन्जन गर्ने गरेको जुगेडी बजारतिर लागेँ। पुराना स्मृतिहरू आँखाभरि छचल्किएर कहिलेकाहीँ भूमिगत बस्ने गरेको सुनदन्ते दाइको परिवार बसाइँ सरेर चितवन कै माडीतिर गएछन्। यसो पुराना परिचित खोजेँ, कोही भेटिनँ। सर्वत्र आँखा घुमाएर केही बस्तु खोजेझैँ गरेर कहीँकतै आफन्तीपन पाइएन। न पुराना स्वादका सुकुटी थिए, न विश्वासिला गुणका परम्परागत पेय नै! मन धमिलो भयो। मन खुम्च्याएर अर्को स्मृतिको भूगोल दासढुंगातिर लागेँ।

त्यहाँ पनि झन्डै बीस वर्षअघिको एउटा आलो घाउ थियो। सानो सिसौघारी, त्यसभित्र एउटा  पुरानो किसिमको घर र मेरो परम मित्रवत् सम्बन्धको परिवार बस्दथ्यो। मेरा सुख–दुःखका केही रात त्यहाँ बितेका थिए। मेरा दौँतरी सूर्य आले पोखरातिर व्यापार गर्दा रहेछन्। उनका पिताको देहान्त भएछ। आमा एक्लै बस्दिरहिछिन्, बुढोघर कुरेर। मेरो पुरानो गाउँबाट बसाइँ सरिगएकी नीरमाया तामाङ्नीको दम्पती त्यस नजिकै बस्दथे। सामान्य खालको भट्टी  पसलबाट गुजारा चलाउँदै आएको नीरमायाको परिवार पनि मेरा लागि एउटा कालखण्डका जीवनदाता जस्तै थिए। म एकपटक वारेन्टेड भएर निकै दिन त्यहाँ शरण लिएर बसेको छु। त्यतिबेला उनीहरू जुगेडी बजारमा बस्थे। पछि त्यता बसाइ सरे। त्यो स्मृतिले पनि मलाई च्वास्स घोच्यो। 

फुइँ...फुइँ... गर्दै चैते हावा चलिरहेको थियो। म त्यो भट्टीअगाडि ठिङ्ग उभिएँ। भित्रबाट एउटी वृद्ध महिलाले चियाएर हेर्दै सोधिन्– ‘के खोज्नु भो बाबु?’

Ncell 2
Ncell 2
nimb
nimb

‘यो नीरमाया दिदीको पसल होइन?’

‘हो नि! आउनुस् न के खानुहुन्छ कुन्नी?’

म सरासर भित्र गएर एउटा काठको फलेक जोडेको बेन्चजस्तोमा थ्याच्च बसेँ। अनि, उनको अनुहारमा चियाएर हेरेको मात्र थिएँ, उनले अचम्मको भावमा भनिन्, ‘अपुई!! तिमी त काइँला होइनौ?’

म छाँगाबाट खसेजस्तै भएँ। उनी नीरमाया दिदी नै रहिछन्। कति बुढी भइछन्! सेतै कपाल, चाउरिएका गाला र चमक हराएको अनुहार, पुरानो र ठाउँठाउँमा च्यातिएको गुन्युचोलो। म एकछिन द्रवित भएँ। अनि, बिस्तारै भनेँ, ‘हो, दिदी म काँइलो नै हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी मेरै आडमा टाँसिएर थचक्क बसिन्। दुवैको हालचाल सोधासोध भयो। उनी अत्यन्त एक्लो र सङ्कटग्रस्त अवस्थामा रहिछन्। नारायणीमा डुबेर एकमात्र छोरो बेपत्ता भएछ। लास पनि पाइएन रे। पति दमको बेथाले बितेछन्। छोरीले बिहे गरेपछि उनी एक्ली भइन्। मलाई सपना देखेझैँ लाग्यो उनको जीवन। उनीसँग लामो कुराकानी भयो। अन्त्यमा उनले भनिन्, ‘के खान्छौ त काइँला अब?’

उनले आफ्नो परम्परागत रीतिअनुसारको सत्कार गरिन्। म उनको प्रेमपूर्वकको आतिथ्य ग्रहण गर्दै थिएँ। बाहिरबाट कसैले उनलाई तामाङ भाषामा बोलायो। उनले पनि आफ्नै भाषामा भित्र बोलाइन्। एउटी उनी भन्दा झन् वृद्ध आमा भित्र पसिन्। ती आमाको दिनमा तीनपटक रक्सी पिउने बानी रहेछ। उनी नीरमायाको भट्टीमा बिहान एक, दिउँसो एक र साँझ एक गरी दिनमा तीन बोत्तल रक्सी पिउँदिरहिछिन्। 

उनी पनि मेरै नजिक बसेर रक्सी पिउन थालिन्। पिउँदै जाँदा उनीसँग पनि लामै कुराकानी भयो। उनको कुराले त मलाई झन विस्मित बनायो। एकप्रकारले विक्षिप्त मानसिकतामा भएजस्तो लाग्ने उनको बोलीचाली अत्यन्त भद्दा र अश्लील खालको थियो। बीच–बीचमा त्यस्तै खालका शब्दहरूले कहिले सरकारलाई, कहिले माओवादीलाई त कहिले स्थानीय नेताहरूलाई गाली गर्थिन्। कुरा सुन्दै जाँदा उनी युद्धपीडित रहिछन्। भारतीय सेनाका निवृत्त हवल्दार उनका पतिलाई माओवादीले आफ्नो युद्धमोर्चामा समावेश गरेछ। उनले जलवीरे वा कतै सहादत प्राप्त गरेछन्। यो थाहा पाएको सरकारी सेनाले उनको छोरालाई पनि गिरफ्तार गरेर बेपत्ता पारेछ।

‘काइँला यी आमा यस्ती थिइनन्। बा र भाइ हराएपछि यस्ती भइन्। पहिला त रक्सी पनि यसरी खान्थिनन्,’ नीरमायाले मलाई भनिन्।

नीरमायाको कुरा सुनेपछि उनले मेरोबारेमा पनि अनेक प्रश्न सोधिन्। नीरमायाले आफ्नो पुरानो गाँउको भाइ, पत्रकार र कविता लेख्ने कवि पनि भएको बताएपछि उनको मुखबाट अनेक खाले प्रश्न ओइरिन थाले। मैले उनका हरेक प्रश्नको जवाफ ममतापूर्ण भावमा सरल र सहज ढंगले दिदै गएँ।

तर, उनले आक्रोसित भाव र भंगिमामा भनिन्, ‘पत्रकारले दबाएका कुरा पनि निकाल्छन् रे, खै त तिमी जा... पत्रकारले मेरो लोग्ने र छोराको लास निकालेको?’

एकछिन त म रन्थनिएँ।

उनका यस्ता खालका अनेक प्रश्न आइरहे। म जवाफ दिन नसकेर पराजित भएँ। उनका हरेक शब्द, भाषा र शैलीलाई मैले नकारात्मक रूपमा होइन राजनीतिक दुराचारविरुद्धको विद्रोहको रुपमा आत्मसात गरेँ। उनलाई नीरमाया दिदीले सम्झाई बुझाइ घर पठाइन्। म पनि नीरमायासँग बिदा मागेर घरतिर फर्कन नारानघाटको गाडी चढेँ।

मलाइ जुगेडी–दासढुंगा यात्रा र ती हल्दार्नी आमाको स्मृतिले निकै दिन रन्थन्यायो। त्यसपछि  मैले हल्दार्नी आमाका प्रश्न र स्मृतिलाई अर्कै भूगोल र सन्दर्भमा जोडेर एउटा निबन्ध लेखेँ। मलाई त्यति अभिव्यक्तिले पनि पटक्कै चित्त बुझेन। त्यसको ठिक एक वर्षपछि एउटा कविता लेखेँ– ‘हल्दार्नी आमाको प्रश्न कविलाई’ त्यसपछि भने मानसिक भावगुम्फन शान्त भयो। त्यो कविता अन्नपूर्ण पोष्टको शनिबारिय परिशिष्ट ‘फुर्सद’मा पठाइदिएँ। फुर्सदको तत्कालीन संयोजक दीपक सापकोटाले तत्कालै छापिदिए। निबन्ध भने गतवर्ष प्रकाशित निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’मा समावेश गरेँ। 

अहिले पाँच वर्षपछि मलाई त्यो स्मृतिले पुनः झक्झक्यायो। दशैँपछि काठमान्डूबाट आएलगत्तै जुगेडीतिर लागेँ। तर, बीचैमा थाहा पाएँ, नीरमाया र हल्दार्नी आमा दुवै बितेछन्।

‘कवि! कुन विन्यासमा अल्झिएका छौ तिमी
खै मेरो रक्तमुछेल यात्राको उपन्यास
वेपत्ता लोग्नेको चिहान खोज्दाखोज्दा
लखतरान हुँदा पनि
खै तिम्रो बिम्बमा मेरो पतिको प्रतिबिम्ब?

(‘हल्दार्नी आमाको प्रश्न कविलाई’ शीर्षक कविताको एक पङ्क्ति)

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रेशम विरही
लेखकबाट थप
माघ महात्म्य
मलाई मृत्युशय्याबाट उठायो र आफू एक्लै दगुर्‍यो
हल्दार्नी आमाका प्रश्नसँग म हारेँ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्