• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
संस्मरण

क. पुष्पलाल ! धमिराको गोलामा आगो लाग्यो

64x64
रेशम विरही शनिबार, मंसिर ४, २०७८  १०:२४
1140x725

म र भीमबहादुर भण्डारी प्लेटफर्ममा उत्रियौँ। प्लेटफर्मबाट बाहिर निस्कँदा घाम डुब्न लागेको थियो। हामीलाई दर्वेमान नेपालीको घर पुग्नु पर्ने थियो। रिक्साको खोजीमा लाग्दै थियौँ। अचानक नन्दमोहन भट्टराइ भेटिनु भयो।

२०२८ फागुन/चैततिर नेपाल कम्युनिष्ट पार्टी केन्द्रको निर्देशनमा भीमबहादुर र म बनारस जानुपर्ने भयो। कलेज अफ एजुकेशन वीरगंजको विद्यार्थी संगठनको मुखपत्र ‘उकालो’ को सम्पादन गर्नुपर्ने मेरो मुख्य जिम्मेवारी थियो। हतारमै काम सकेर बनारस हिँड्ने तयारीमा लागेको थिएँ। अचानक छापिँदै गरेको पत्रिकाको सामग्री लिएर अञ्चलाधीश कार्यालय जानु पर्ने उर्दी कलेज प्रिन्सिपल ओमप्रकाशलाल गुप्ताले सुनाए।

लगभग थाहा थियो, या गिरफ्तारीमा परिन्छ या त केही सामग्री हटाउनु पर्ने हुन्छ। साथीहरुसँग परामर्श लिएँ। सबको एक मोतो भयो, भटाभट छाप्ने र वितरण गरिहाल्ने। कलेज प्रिन्सिपलको उर्दी थाहा नदिई प्रेसवालालाई दबाब दिएर रातभरिमा सम्पूर्ण काम सकियो। बिहानपख हामी रक्सौल पुगेर रेल चढ्यौँ। पत्रिका वितरणको काम साथीहरूबाट भयो।

रेशम विरही

बनारसबाट फर्किए पछि म यही आरोपमा कलेजबाट निष्कासन गरिएँ। वारेन्टेड पनि भएको सुइँको पाएँ। अनि प्रेमसिंह धामीले साइकलमा राखेर रातारात रक्सौल पुर्‍याइदिए। यसरी म दोस्रोपटक बनारसतिर हानिनु परेको थियो।

म पहिलो पटक बनारस जाँदाखेरी नै कलेज प्रशासन र अञ्चलाधीश कार्यालयको आँखाको तारो भैसकेको थिएँ।

पहिलो बनारस यात्रामा हामीलाई नन्दमोहनले गन्तव्यमा पुर्‍याउनु भएको थियो। अखिल भारत नेपाली छात्र फेडेरेसनको सम्मेलन भएको कारण पार्टी केन्द्रले बोलाएको थियो। पार्टी महाचाचिव कामरेड पुष्पलालसँग राजनीतिक विमर्श पनि गर्नु थियो। पार्टीलाई ‘कांग्रेसपरस्त’को आरोपमा मोहनविक्रम समूहले गरेको प्रहारले सर्वत्रबाट घेराबन्दी गर्दै एक्ल्याउने प्रयत्न भैरहेको थियो। पुष्पलालविरुद्ध भएभरका कम्युनिस्ट घटकहरु एक थिए।

यस्तो विषम अवस्थामा पार्टी केन्द्रसँग विचार विनिमयको जरुरी महसूस भइरहेको अवस्थामा सम्मेलन आयोजना हुँदा मेरो लागि छलफलको संयोग जुराएको थियो। अर्कोतिर जिल्लाको कमाण्ड समालिरहेका रुपलाल विश्वकर्मा र नारायणमान विजुक्छेको पनि पुष्पलालसँग अन्तरविरोध बढिरहेको विषय वीरगंज चिनी कारखान मजदुर फ्याक्सनको बैठकमा उठेको थियो। आफू इन्चार्ज भएकोले मैले नै जवाफ दिनुपर्ने थियो। तर, विस्तृत जानकार नभएकोले म नाजवाफ भएको थिएँ। त्यैपनि मैले पाएको संकेतका भरमा थामथुम पारेर फर्किएको थिएँ।

यस्ता ज्वलन्त कारणहरुले गर्दा मलाइ बनारसले तानिरहेको थियो। तर, पुष्पलाल दरभंगा नै आउने कार्यक्रम भएकोले हामी त्यहीँ उत्रनु परेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

झमक्क साँझमा दरभङ्गा झिलिमिली हुँदा हामी दर्वेमानको दैलोमा पुग्यौँ। पुष्पलाल त्यहीँ भेटिनु भयो। हात मिलाएर सामान्य भलाकुसरी पछि उहाँ बाहिर निस्कनु भयो। हामी आफूलाई तोकिएको ठाँउमा बस्यौँ। 

रुपलालसँग पनि त्यहीँ भेट भयो। उहाँसँग कुराकानीका क्रममा निर्मल लामा वा कोही अर्का नेता (व्यक्ति सम्झना भएन) दरभंगा आएको र  पुष्पलाल भेट्न जानुभएको थाहा भयो। त्यो रात त्यसै बित्यो।

पुष्पलाल राति अबेर आउनु भएछ। भोलिपल्ट बिहान अचानक उहाँलाई दिल्ली हिँड्नु पर्ने भयो, हाम्रो कुराकानी हुन पाएन। बनारसमै सम्मेलनपछि विस्तृत कुराकानी गर्ने सहमति भयो।  हामी रुपलालसँगै बनारसतिरै लाग्यौँ। 

रेल यात्राभरि रुपलालका मेरो मन झनै उद्विग्न बनाइरहेको थियो। मैले पार्टीमा उनको असन्तुष्टि र विजुक्छेले अर्कै संगठनको तयारीको संकेत पाएँ। रुग्ण हुँदै गएको पार्टी, पारवारिक दबाब र कलेजमा जान सक्ने अवस्था नहुँदा अन्योलमा परेको पढाइले मन विचलित हुन थालेको थियो। त्यसमाथि वामपन्थीहरुबाटै ‘कांग्रेसको पुच्छर’ भनेर खेदिनुको पीडाले मलाई झनै विचलनको दिशातर्फ धकेल्दै लग्यो। तथापि, पुष्पलालसँग एक चरण दह्रो कुरा गरेर भावी दिशा तय गर्ने मनसायले भीमबहादुर र म सम्हालिएर बनारस पुगेका थियौँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अखिल भारत नेपाली छात्र फेडरेशनको सम्मेलन भव्यताका साथ सम्पन्न भयो। शिव बर्मा, श्रीपाद अमृत डाँगे आदि भारतीय कम्युनिस्ट नेता र नेपालबाट मोदनाथ प्रश्रित लगायतको उपस्थितिमा सम्मेलन भएको थियो।

तीन या चार दिनमा सम्मेलन सकियो। त्यसको भोलिपल्ट दिउँसो पुष्पलालसँग कुराकानीको जोहो मिल्यो। रुपलाल, नन्दमोहन, हिक्मत सिंह, केशरमणि पोखरेल, मोहन चापागाईं, बलराम शर्मा आदि सबै थिए। मैले चितवनमा पुष्पलालमाथि लागेका आरोपहरुको जानेबुझेसम्मको जानकारी गराउँदै धेरै नै जिज्ञासा राखेँ। लामो कुराकानीपछि अन्त्यमा उहाँले भन्नु भयो–‘राजतन्त्र र कांग्रेसप्रतिको गलत दृष्टिकोणले भ्रमहरू पैदा भएका छन्, हाम्रो मूलशत्रु राजतन्त्र नै हो। कालान्तरमा हुने प्रजातान्त्रिक एकताले नै हाम्रो उद्देश्य सम्भव बनाउँछ। राजतन्त्र धमिराको गोलो हो, एकलातले गर्ल्यामगुर्लुम्म ढल्छ।’

उहाँको कुराले मानसिक उर्जा त थपियो, तर भरोसा गर्ने जग भने कमजोर नै लाग्यो। यस्तै अन्योल र द्विविधा बोकेर हामी घर फर्कियौँ।

म घर आएपछि करिब एक महिना चुपचाप बसेँ। केही कविता लेखेँ।

यसैबीच मेरो मनमा एउटा बिम्बले चिमट्यो। धमिराको गोलोलाइ बिम्ब बनाएर कविता लेखेँ–‘धमिराको गोलोमा आगो लाग्यो।’ अहिले त्यो कविताको स्तर हेर्दा आफैँलाई हाँसो लाग्छ।

भरखर जुँगाको रेखी बसेको युवाको कविता लेख्ने काँचो शौख। न अध्ययन, न स्रोत सामग्री, न साधना। तर, कविता लेख्ने रहर भने औधी थियो।

त्यतिबेला अध्ययनको सामग्री नै के पाइन्थ्यो र! पाए नै पनि चेतनाको स्तर नउठेको त्यो कालखन्डमा मसँग माओका केही ‘राता बुलेटिन’ र पूर्वतिरबाट आउने ‘जस्केलो’ मात्र थिए। एउटा अल्लारे वयको केटालाई कुन ठीक कुन बेठीक त्यसको हेक्का पनि हुँदैनथ्यो। त्यति बेला सुवास घिसिङको ‘नीलोचोली’ र दीर्घवाहुका जासुसी उपन्यास पनि निकै पढियो।

यस्तै खाले अध्ययनको क्रममा २०३५ सालमा केही कविताहरु राखेर एउटा कवितासंग्रह प्रकाशन गर्ने रहर चल्यो। रहर लागेपछि मरिमेटेर लागेँ। अनि जन्मियो ‘मुलाको बोक्रा आलीमुनिको झ्याउँकीरी’ कविता संग्रह। ‘धमिराको गोलोमा आगो लाग्यो’ कविता पनि यसैमा समावेश गरेँ। त्यो कविताले तत्कालीन परिवेशमा अचम्मसँगले प्रशंसा पायो।

चितवनका वाम नेता नरबहादुर खाँडलगायतकाले धाप मारेर स्याबासी दिए। मेरो राजनीतिक संलग्नता भने उनीहरुसँग थिएन। मैले पुष्पलालको अभिव्यक्तिलाइ टिपेर कल्पेको बिम्वबाट कविता लेखेको उनीहरुलाई भनेको पनि थिइनँ। भनेको भए सायद त्यति प्रशंसा पाउँदिन थिएँ। किनकि, उहाँहरु मोहनविक्रम सिंहको ‘गद्दार पुष्पलाल’ पुस्तिकालाई सिरानी च्यापेर सुत्नु हुन्थ्यो।

काव्यिकस्तरका दृष्टिले कविताको खास मूल्य नभए पनि राजनीतिक अर्थका हिसाबले मैले त्यस कविताबाट असन्तुष्टि राख्नु पर्ने जरुरी ठान्दिनँ। आखिर २०२८ सालका हतियारधारी हुन् वा २०५२ का सशस्त्र विद्रोही, सबैले राजाभन्दा ठूलो शत्रु ठानिएको शक्तिसँग लगनगाँठो जोडे। दरबार भने धमिराको गोलोजस्तो भयो र गर्ल्यामगुर्लुम्मै ढल्यो।

‘हेर! भित्रभित्रै हुडुलो मच्चिएको
त्यो धमिराको गोलोभित्र
गोलो नै भत्कन थाल्यो
काटाकाट पो गर्न थाले
बन्दुक पनि पड्कन थाल्यो
त्यो धमिराको गोलोभित्र।’

(मुलाको बोक्रा आलीमुनिको झ्याउँकिरीबाट)

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रेशम विरही
लेखकबाट थप
माघ महात्म्य
मलाई मृत्युशय्याबाट उठायो र आफू एक्लै दगुर्‍यो
हल्दार्नी आमाका प्रश्नसँग म हारेँ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्