काठमाडौं– काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै खाले उडान रोकिएका छन्।
भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
मौसम सफा नभइ कुनै पनि उडान तथा अवतरण गर्न नसकिने विमानस्थलले जनाएको छ। अहिले केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन सकेको छैन।
अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।